“दाई आमा असाध्यै विरामी हुनुहुन्छ तपाई जसरी पनि घर आउनु होला” रमालेधेरै पटक फोन गरिन तर उनकोले दाईले कुनै टेर लगाएनन । धेरै प्रयास गर्दा पनि कुनै सम्पर्क हुन सकेन अनि केही समय पछी त मोबाइल पनि अफ हुन थाल्यो ।छोराको बाटो हेर्दा हेदै बुढी आमाले प्राण त्याग गरिन। वुढा बाले पनि बुढीको मृत्यू वियोगामा धेरै दिन टिक्न सकेनन ।बुढा बा भन्दै थिए ” नानी त्यो पापीलाई फोन नगर, छोरा हुके पछी के के न होला जस्तो लागेको थियो, बुढेसकालमा पाल्छ भनेका थियौ सबै बर्बाद भो ” मर्ने बेलामा पनि बुढाबाले आँखाभरि आशु बनाएको थिए । उमेरलेले धेरै नभए पनि रमाको परिपक्वताले उनले आफूलाई सार्थक बताउत कोशिस गरे झै लाग्थ्यो । सानैमा थुप्रै हन्डर खाएकी रमा एक पछी अर्को बज्रपात आइलागेको थियो ।
लगभग दुई वर्ष पछि रमाको दाजु भाउजू गाउँ फर्केका थिए । गाउँ फर्कदा रमामा कुनै खुशी थिएन । बा आमा घरमा अनि सानी बहिनी अनि लाहुरबाट फर्केको दाइ कति महत्त्व हुन्थ्यो उ जमानामा । जीवन भोगाइको साहरा आफ्नो माता पीता गुमाउनुको पीडा बोध बाहेक अरु केहि थिएन ।गांउलेहरूको दृष्ट्रिकोण परिवारिक कर्तव्यवाट चुकेका रमाको दाजु भाउजूमा कुनै उत्साह थिएन। दाइ ” वा रआमाले कमाउनु भएका सारा सम्पत्ति हजुरलाई छोडेर जानु भएको छ।(भित्रवाट लालपुर्जा दिँदै )- “ल लिनुस””तपाईहरुलाई वा आमाको माया भन्दा पनि सम्पति चाहिहेको हो त” रमा भन्दै जन्थिन। आखामा आशुको भल बगिरहेको थियो तर उनका दाजुमा गुमेको समयको वोध प्रष्ट देख्न सकिन्थ्यो, उनी भन्दै थिए ” नानी भो मलाई लज्जित नबनाउ ,म हारे फगत म संग लज्जा र बाहेक केहि छैनन , मलाई माफ गर बहिनी” उसकाआखाका डिलवाट तप तपऑशु झरि रहेको थियो ।
दाई यो सारा सम्पति छोडेर म जादै छु हजुरहरूको प्रतिक्षा मा थिए वल्ल यो सारा सम्पत्ति हजुरलाई बुझाउन पाए ,बाले तल्लो बारीको पैसा नेपाल सरकारको वृद्धा आश्रमलाई दिनु भएको अब म त्यहि जान्छु त्यही काम गर्छु, जीवन बिताउने छु । मेरो वा आमा नभए पनि त्यहाका वा आमाको
स्याहारको लागि म जादै छु दाइ”मेरो बा आमाको आशिर्वाद सधै मलाई रहने छ। बिदाइ ……..
**
दुर्गा घिमिरे पिठुवा, चितवन
इच्छाखबर संवाददाता












