“केही महिना यता कथालेखन कार्यले मलाई अस्तव्यस्त बनाउँदै लगेको
थियो । नेपाली साहित्यमा मेरो
लेखन कार्यले उडान भर्दै थियो । हुन त मेरो शिक्षण पेशा थियो ; यो पेशा
त्यति फुर्सदिलो त थिएन । देश भरका धेरै साहित्य संस्थाहरूले उनीहरूको कार्यक्रममा आउन अनुरोध गरिरहेका हुन्थे । त्यसै अनुसार राजधानीमा एक साहित्य संस्थाले अनुरोध गरे अनुसार म आफ्नो पदचापअधि बढाउँदै थिएँ । कार्यमको निर्धारित समय अगावै
म कार्यक्रम स्थलमा पुगिसकेको थिएँ । फाटफूट मानिसहरू पहिले नै कार्यक्रम स्थलमा आइसकेका थिए । ती
मध्ये एक महिला नजिकै आएर भनिन्, “ओ हो दयाराम ! तिमी पनि यँहा ?” म अकमकिएँ । ”

“म तिम्रो कलेज पढ्दाको साथी चम्पा के त !”
त्यो पुरानो अनुहार द्रुत गतिमा स्मरण
भै सकेको थियो । “कति चाडै बुढो भएछौ ।” मतिर सङ्केत गर्दै ” उनले
आफूलाई अझै यौवन ठानेको अनुभूति हुन्थ्यो- आफूपनि त ! (आँखामा चस्मा, एक तिहाई फुलेको कपाल)विचमा दुवैको हासो मिश्रित भावमा गुन्जिएको थियो । एक छिन पछि कार्यक्रम सुरु भयो । सुरुमा उद्‌घोषकले वक्ता र अन्य सहभागीहरूको नाम लिइहाले । आजको यस गरिमामय कार्यक्रमकाे प्रमुख अतिथि : दिनबन्धु पौडेल…. ।
नजिकै आएर “ए त्यसो पो ! कलेज पढदा आफ्नो नाम कहिल्यै भन्न सकेनौ, प्रेम र चेतनाको यावत् प्रश्न हुँदा पनि यथार्थ जीवन भोगाईका पल खोल्न सकेनौ ।” कार्यक्रम एवं रीतले चल्दै गयो ; देश भरका साहित्यकारहरूको भेटघाटले मलाई रोमाञ्चित बनाउँदै थियो । मलाई यतिखेर चम्पाको वर्तमान यथार्थता खोतल्न
लागेकाे थियो तर कार्यक्रमको ब्यस्तताले मनभित्रको कौतुहलतालाई निवारण गर्न सकिन । चम्पा तत्कालीन समयमा म विद्रोही कवि थिएँ । हरेक सभा सम्मेलनहरूमा मेरो कविता अग्रमोर्चामा हुन्थ्यो । तत्कालीन विद्रोही पाटीको गतिविधि देशब्यापी बन्दा प्रहरी प्रशासनको निगरानीमा म पनि पर्न गएको थिएँ । पछि उच्च शिक्षा पूर्ण गर्न काठमाडौं आउन बाध्य भएँ र जीवनलाई गतिशील बनाउन आफूलाई रुपान्तरण गरेँ र “दयाराम ” भएँ ।” कार्यक्रम चल्दा चल्दै गर्दा विगत लिखित चिर्कटो उनको हातमा थमाएको थिएँ । सायद मेरा यी कुराले ढाढस दियाे कि दिएन परन्तु म अनविज्ञ नै बनेको थिएँ । कार्यक्रम सकिएपछि उपस्थित पाहुनाहरू एवं रितले बिदा हुँदै गएका थिए । आयोजक समूह बिदाईका पदचापलाई बाटोसम्म आएर विश्रामका हात हल्लाउँदै गर्दा चम्पामा भने बिगतका यावत् घटनाक्रम एउटा रिलझैं घुमिरहेको प्रतीत हुन्थ्यो । लाग्थ्यो मेरी चम्पा भनेर हेरिरहूँ । मलाई मेरी प्यारी चम्पा भनेर छुट्टिने अधिकार ममा थिएनँ किनकि बिगतले काेल्टे फेरि सकेको थियो !”

लघुकथा : चम्पा
दुर्गा घिमिरे
पिठुवा चितवन