कुरिनटार : चितवननको इच्छाकामना ४ कुरिनटारमा एक दिने नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नारायणगढ जेसिज को आयोजना तथा लायन्स क्लब अफ चितवन सेवक र इच्छाकामना गाउँपालिकाको सह-आयोजनामा गाउँपालिकाको प्राङ्गणमा बृहत् नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा ११० जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो । शिविरमा विभिन्न रोगाका विशेषज्ञ चित्सिकहरुद्धारा स्वास्थ्य जाँच तथा उपचार गरिएको प्रमुख देवकोटाले बताउनुभयो । शिविरको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच समुद्घाटन गर्नुभएको थियो ।
इच्छाखबर संवाददाता












