मुग्लिन :  कालिखोलामा  पहिरो खसेपछि नारायणगढ– मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इलाका  प्रहरी कार्यालय  मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने कालिखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोका कारण सडक  दुइतर्फी अवरुद्ध भएको हो ।

पहिरोका कारण  विहान सवा ५ वजेदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको  इलाका  प्रहरी कार्यालय मुग्लिनका  प्रमुख प्रहरी निरिक्षक  विशाल तामाङले बताउनुभयो । अहिले पहिरो पन्छाउने काम भइरहेको  उहाँले  बताउनुभयो ।