मुग्लिन : हिरोका कारण अवरुद्ध बनेको नारायणगढ– मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । गएराती साढे ११ बजे चितवनको इच्छाकामना ५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेका थिए ।
पहिरो पञ्छाई साँझ ६ बजेदेखि सडक दुइतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । चालकहरुलाई आफ्नो लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
इच्छाखबर संवाददाता












