मुग्लिन, १७ असार । नारायणगढ– मुग्लिन सडक अवरुद्ध भएको छ ।चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित तीन नम्बर पुलमा गएराती १० : ३० बजे पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको हो ।
अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोमा विद्युतको तार रहेको र सो तार हटाएपछि पहिरो पञ्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक विशाल तामाङले बताउनुभयो । पहिरो हटाउन मेसिन तयारी अवस्था रहेको उहाँले बताउनुभयो ।
इच्छाखबर संवाददाता












