मध्यनेपालमा बिहानै भुकम्पको ठूलो झड्का महसुस गरिएको छ। बिहान करिव ५ बजेर ४३ मिनेटमा लम्जुङ केन्द्र रहेको ५.३ म्याग्नेच्युटको भुकम्पले मध्यनेपालको बागमती र गण्डकी प्रदेशका जिल्ला हरुमा ठूलो कम्पन गराएको अमेरिकी भुकम्प मापन केन्द्रले जनाएको छ। भुकम्प लम्जुङको भुलभुले नजिक जमिनको सतह बाट १० किमि तल बाट आएको थियो। अहिले सम्म कुनै क्षतिको विवरण भने आएको छैन।