गोरखाको गण्डकी गाउँपालिका १ बुट्टारमा सय मेगावाटको जलविद्यूत आयोजना निर्माण हुने भएको छ । ब्लु इनर्जी कम्पनीले त्रिशुली नदीमा नेपालमै पहिलो ‘ड्याम्म टु टर्वाइन’ प्रविधिको आयोजना निर्माण गर्न लागेको हो । ड्यामबाट सिधै टर्वाइनमा पानी खसालेर विद्युत उत्पादन गर्ने प्रविधि ‘ड्याम टु टर्वाइन’ प्रविधि हो ।
‘हामीले आयोजनाको निर्माण सुरु गर्नुअघि गर्नुपर्ने डिपिआर, ईआईए, पिपिए ९आयोजना सुरु गर्नु अघिको प्राविधिक नापजाँचको प्रक्रिया० सबै गरिसक्यौँ’, सो हाईडूो कम्पनीको प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले भने ‘अब छिट्टै निर्माणको काम थाल्नेछौँ ।’ अहिले पूर्व तयारीको काम भइरहेको उनले बताए । नेपालमै नयाँ प्रविधिको पहिलो आयोजना भएको दावी गर्दै उनले कम लागतमा निर्माण हुने बताएका छन् ।
‘१६ अर्ब नेपाली रुपैयाँमा यो निर्माण सक्ने लक्ष्य छ’, उनले भने ‘नेपालमा बनिरहेका अन्य योजना हुन्थ्यो भने करिब २० देखि २५ अर्व लाग्थ्यो ।’ पानी जम्मा हुने ड्यामबाट ६५ मिटर पर पावरहाउस बन्नेछ । पानी सिधै टर्वाइनमा पठाईने भएकाले पानी पठाउन सुरुङ, पाइपलाइन आवश्यक्ता पर्दैन ।
‘पानी जहाँबाट जम्मा गरिन्छ, त्यहाँ नै पुन पावरहाउबाट झर्छ’ आयोजनाका प्रमुख रेग्मीले भने । यो प्रविधिमा तयार गर्दा पानी नभएर सुख्खा हुने क्षेत्र हुँदैन । अहिले नेपालमा बनेका अन्य आयोजनाको भने पाइपलांइनबाट लामो दुरीसम्म पानी लैजाँदा पावरहाउससम्मको क्षेत्र सुख्खा हुने गर्छ । त्रिशुलीमा बन्न लागेको आयोजनाको पाइपलाईन बिछ्याउनु नपर्ने भएकाले बातावरणिय दृष्टिकोणले पनि प्रभावकारी हुने दाबी निर्माण कम्पनीको छ ।
पाँच वर्षभित्र कार्य सम्पन्न गर्ने गरी निर्माण सुरु हुन लागेको आयोजनाले उत्पादन गरेको विद्युत तनहुँको मार्किचोक स्थित स्टेशनबाट नेपाल विद्युत प्राधिकरणको राष्टिूय प्रशारण लाइनमा जोड्नेछ । पानी जम्मा हुने तालको १४।५ मिटर उचाई हुनेछ भने ९२ मिटर लम्बाइ हुनेछ । यसका लागि आयोजनाले ४० रोपनी जग्गा खरिद गरिसकेको छ भने डुबानमा पर्ने र पावरहाउस निर्माणका लागि अझै करिब १५ रोपनी खरिदको तयारीमा छ ।
गोरखा र चितवनको सिमाना त्रिशुली नदीमा बन्ने आयोजनाको बाँध र पावरहाउस भने गोरखातर्फ रहनेछ । पृथ्वी राजमार्गको छेवैमा बन्न लागेको उक्त आयोजना नेपालमै परीक्षण आयोजनाको रुपमा पनि रहने दावी निर्माण कम्पनीको छ । आयोजना बन्ने बारे दुईबर्ष अघिदेखि चर्चा भइरहेको गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले बताए । ‘गाउँपालिकामा खासै जानकारी गराएका छैनन्’ अध्यक्ष रानाले भने ।
पप्पु कन्स्टूक्सले त्रिशुलीमाथि पक्की पुल निर्माण नगर्दा हाईडूो पावरको काम गर्न समेत समस्या भएको छ । निर्माण कम्पनीले कन्स्टूक्शन, सडक बिभाग, सांसदहरु सँग छलफल गरेर बेलिब्रिज राख्न सहयोग गर्ने भएको छ ।
पप्पु कन्टूक्सले पुल समयमै नबनाएपछि आयोजना समेत अफ्ठ्यारोमा परेको हो । पप्पुलाई गोरखा तर्फ निर्माण सामग्री लैजान सडक बिभागले बेलिब्रिज हालिदिने भएपछि जलविद्युत आयोजनाले ब्रिज राख्न सहयोग गर्ने भएको एघार किलो छेवेटार बारपाक सडक आयोजनाका इन्जिनियर राजेशकुमार यादबले बताए । जलविद्युतलाई निर्माण सामग्री लैजान पुल आवश्यक परेपछि उसले बेलिब्रिजमा पप्पुलाई सघाउन लागेको हो ।
पप्पु कन्टूक्सनले २०७२ मा सक्नुपर्ने पुलको अहिलेसम्म १७ प्रतिशत मात्र काम गर्दा पृथ्वीराजमार्ग भएर आसपासमा गोरखा जोड्ने पुल बनेको छैन । सर्व साधारणको आउजाउ, बिकास निर्माण, ढुवानी देखि ठुला योजनाको काम समेत प्रभावित भएको छ । बेलिब्रिज निर्माण भयो भने तत्कालको समस्या हल हुने र पक्की पुल पनि बन्ने आशमा स्थानीय रहेका छन् ।दरौदी डटकमबाट
इच्छाखबर संवाददाता












