चुम्लिङ्गटार,२३ माघ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटलिटीले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गर्दै उत्सव मनाएको छ। यसैक्रममा सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङ्गटारले समुदाय लक्षित विविध सामाजिक गतिविधिहरू सम्पन्न गरेको छ।
रिसोर्टका व्यवस्थापक किरण रिमालका अनुसार वार्षिकोत्सवको अवसरमा समुदाय सरसफाइ कार्यक्रम, वृक्षारोपण, रक्तदान कार्यक्रम तथा फरक क्षमता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरिएको छ। यस्ता सामाजिक कार्यहरूले स्थानीय समुदायसँगको सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको उहाँले बताउनुभयो।
सिद्धार्थ ग्रुपले वार्षिकोत्सवका अवसरमा मात्र नभई वर्षभर नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखी देशका विभिन्न स्थानमा सामाजिक कार्यहरू गर्दै आएको जनाएको छ।वार्षिकोत्सवको अवसरलाई थप आकर्षक बनाउन आज दिनभर रिसोर्टमा आउने सम्पूर्ण पाहुनाहरूलाई खानामा २८ प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै, थप २८ प्रतिशत छुट कुपन पनि प्रदान गरिएको छ, जुन कुपन एक महिनासम्म सिद्धार्थ ग्रुपका देशभरका कुनै पनि शाखामा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, आज दिनभर रिसोर्टमा उपस्थित हुने पाहुनाहरूका लागि ‘लक्की ड्र’ कार्यक्रममार्फत विभिन्न आकर्षक प्याकेजहरू निःशुल्क प्रदान गरिने व्यवस्था गरिएको रिसोर्टले जनाएको छ।सामाजिक उत्तरदायित्व, ग्राहक सन्तुष्टि र गुणस्तरीय सेवामा निरन्तर प्रतिबद्ध रहँदै आएको सिद्धार्थ बिजनेश ग्रुपले आगामी दिनहरूमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने बताएको छ।
इच्छाखबर संवाददाता












