गोरखा,१९कात्तिक  :   गण्डकी गाउँपालिका ७ स्थित श्री ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा अनुगमन गरिएको छ । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सना साकार, वडा नम्बर ७ का वडाध्यक्ष तूलसी रेग्मि, गण्डकी गाउँपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत सुदीप पन्थ र एकिकरण नेपालको प्रतिनिधहरुसहितको टोलीले अनुगमन गरेका हुन् ।

एकिकरण नेपालको व्यवस्थापन र रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग तथा गोरखाको नौ वटा स्थानीय तहको समन्वयमा सामुदायिक विद्यालयहरुमा लिट्रेसी एण्ड गल्स एजुकेशन कार्यक्रम सञ्चालन भइरहेको छ ।
सन् २०२२ बाट गोरखाका ९ वटा स्थानीय तहका २१९ विद्यालयमा सञ्चालित यस कार्यक्रमको मुख्य उदेश्य बालबालिकाहरुलाई पढ्न लेख्ने बानीको विकासका साथै जीवन उपयोगी सीप र क्षमता विकास गराउने तथा कक्षा १२ सम्मको शिक्षा अनिवार्य गराउने लक्ष्य रहेको एकिकरण नेपालका म्यानेजर  रुसा तामाङले बताउनुभयो ।