इच्छाकामना, कार्तिक १० । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा अत्याधुनिक भान्सा र डाइनिङ हल निर्माण हुने भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले एक कार्यक्रमकाबिच शिलान्यास गर्नुभएको हो ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एल र इच्छाकामना गाउँपालिकाको संयुक्त लगानीमा निर्माण हुने भएको हो । भान्सा र डाइनिङ हल सगैँ हलमा आवश्यक पर्ने फर्निचर, सौचालय निर्माण र खानोपानीको व्यवस्थामा रहने छ ।लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एलको रु एक करोड ६७ लाख ५५ हजार ९६७ रुपैयाँ र इच्छाकामना गाउँपालिकाको लगभग ५५ लाख रुपैयाँमा निर्माण कार्य सम्पन्न गरिने विद्यालयका प्रधानाध्यापक जोहन खरेलले बताउनुभयो ।

विद्यालयको भान्सा र डाइनिङ हल निर्माण कार्यले विद्यार्थीहरूको भोजन र पोषण सम्बन्धी सुविधा सुधारका साथै स्वास्थ्य र शैक्षिक सुधारमा टेव पु¥याउने अपेक्षा राखिएको प्रधानाध्यापक खरेलको भनाई छ । एक हजार विद्यार्थीहरुका लागि खाजा व्यवस्थापन हुने उहाँले बताउनुभयो ।लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ एल नेपालका सुधिर शर्माको अध्यक्षता तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसा उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास समारोहमा लायन्स सुमन भट्ट,कमल कायस्थ, प्रशान्त मानन्धर,योरजङ्ग कार्की,भरत सिलवाल, उमेश अधिकारी,समिरराज शाक्य ,निमेश उल्लक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वलराम सिलवाल,अभिभाव संघका अध्यक्ष रेशम बहादुर सिलवाल,सदस्यहरु कुल बहादुर चेपाङ, राजकुमार त्रिपाठी, पूर्व सदस्य रामनाथ त्रिपाठी, शिक्षक र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम सिलवाल,लायन्स कमल कायस्थ र सुमन भट्टले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रम शिक्षक सुजन सापकोटाले संचालन गर्नुभएको थियो ।
इच्छाखबर संवाददाता












