इच्छाकामना :    चितवनको इच्छाकामना गाउँपालिकाले आन्दोलनका क्रममा गाउँपालिका र वडा कार्यालयमा तोडफोड र आगजनीका साथै लुटपाट भएकाले लुटिएका सामानहरु फिर्ता गर्न आग्रह गरेका  छन् ।  आन्दोलनका क्रममा   लगिएका सामानहरु फिर्ता गरी सहयोग गर्न आग्रह गरेको हो ।

जेनजीको  आन्दोलनका क्रममा भदौ २४ गते इच्छाकामना गाउँपालिकाको कार्यालय र वडा नं २ को  कार्यालयमा आगजनी,तोडफोड तथा लुटपाट भएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका अनुसार  आन्दोलनकै क्रममा कार्यालयमा रहेका सवारी साधन लगायत जिन्सी सामान, कागजात र अन्य सामग्रीहरू तोडफोड, आगजनी  तथा लुटपाट भएका छन्।

प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, असल नागरिकको कर्तव्यबोधका लगिएका सामग्रीहरू सुरक्षित रूपमा फिर्ता  गरि सहयोग गर्न आग्रह गरिएको छ ।