
यसैबिच कर्तव्यनिष्ट महिला समाज इच्छाकामना ५ मुग्लिन द्धितिय र अगुवा चेपाङ महिला पैरवी इच्छाकामना ३ तृतिय भएका छन् । द्धितिय र तृतिय हुनेले क्रमश १३ हजार ५०० र ९ हजार ५०० नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा छोरी बुहारी महिला समूह इच्छाकामना ३ र सप्तरङ्गी आमा समूह सान्त्वना भएका छन् । दुबै टिममले नगद रु.४/४ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् । साथै सहभागी टिमहरुलाई रु. एक÷एक हजार प्रदान गरेका छन् ।
गाउँपालिका कार्यवाहक अध्यक्ष माया सिलवालको अध्यक्षता तथा बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाइँको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल,जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा राजनिति दलकाप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधहरुको सहभागिता रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका उपसभामुख अप्सरा चापागाइँ, विशिष्ट अतिथि पूर्वमन्त्री बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल,इच्छाकानमा गाउँपालिका कार्यवाहक अध्यक्ष माया सिलवाल, गाउँपालिका पूर्वअध्यक्ष गीता कुमारी गुरुङ, वडाध्यक्षहरुको तर्फबाट वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती,नेकपा एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारी,नेकपा माओवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह–सचिव रण बहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटा र कृषि शाखा प्रमुख समिक्षा पौडेलले सञ्चालन गर्नुभएको थियो ।
प्रतियोगिताका लागि जनचेतनामूलक, महिला सशक्तिकरण र सन्देशुमलक विषयमा तीज गीत प्रतियोगिता आयोजना गरिएको हो ।