
चितवन ३१ साउन : निर्देशक माइकल चन्दको निर्देशनमा तयार हुन लागेको बहुप्रतिक्षित फिल्म ‘राम नाम सत्य’ बिहीबार शुभसाइत गरिएको छ। फिल्मको मुख्य छायांकन विशेषत: चितवनमै हुने जनाइएको छ।
फिल्ममार्फत जिल्लाका चर्चित युवा व्यवसायी अर्जुन सुनारले अभिनय क्षेत्रमा डेब्यू गर्ने भएका छन्। निर्देशक चन्दका अनुसार उनको अभिनय फिल्मको विशेष आकर्षण बन्नेछ।
कार्यक्रममा फिल्मलाई चैत्र २७ गतेबाट रिलिज गर्ने घोषणा गरिएको छ। यसैबीच, सार्वजनिक गरिएको फिल्मको पोस्टरमा नायक विराज भट्लाई खतरनाक अवतारमा देखाइएको छ, जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता थपिएको छ ।