
चुम्लिङ्गटार : सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिको २७ औँ बार्षिकोत्सवको अवसरमा सिद्धार्थ रिभरसाइड रिसोर्ट चुम्लिङ्ग्टारले विभिन्न सामाजिक कार्यहरु गरेको छ। समुदाय सरसफाई,रक्तदानका साथै बिश्व क्यान्सर दिवसको अवसरमा सचेतना कार्यक्रम गरेको हो ।
सिद्धार्थ हस्पिटालिटिले विश्वमा प्रत्येक बर्र्ष क्यान्सर रोगी बढ्दै गइरहेको प्रमुख कारण उच्च बिषादी प्रयोग भएको अस्वस्थकर खाना नै भएकाले देशभरीका आफ्नो शाखाहरुमा क्यान्सर बिरुद्द लड्न सहयोग पुर्याउने खानालाई मेनुमा समाबेश गर्न लागेको छ। आफ्नो २७ औ बार्षिकोत्सवको अवसरमा रिसोर्टमा आउने प्रत्येक ग्राहकलाई एक हप्ता सम्म फ्री सुप प्रदान गर्नुका साथै, माघ २३ गते खानामा २७ प्रतिशत छुट समेत दिइने सिद्धार्थ हस्पिटालिटिका क्लस्टर म्यानेजर किरण रिमालले बताउनुभयो।
रिसोर्टले यस अघि पनि विभिन्न सामाजिक कार्यक्रम तथा सहयोग गर्दै आइरहेको छ। ।