गण्डकी :  गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ सम्मानित हुनुभएको छ ।  स्थानिय उत्पादनलाई प्रबर्द्धन गर्दै आदीवासी जनसमुदायको परम्परा ज्ञान र सीपको संरक्षण ,प्रवर्धन र जगेर्ना गर्न घरेलु मदिराको ब्राण्डिङ गरि  प्रयोगमा ल्याउने  काम गरेकोले  सो कार्यको उच्च मूल्याङ्कन  गर्दै  नेपाल आदिवासी जनजाति  आयोगले आफ्नो चौथो स्थापना दिवसको अवसरमा अध्यक्ष तिमिल्सिनालाई  सम्मान गरेका हुन् ।
उहाँलाई सभामुख देबराज घिमिरे र आयोगका अध्यक्ष  राम बहादुर थापाले दोसल्ला ओढाएर प्रशंसापत्र प्रदान गरि  सम्मान गर्नुभएको थियो ।