इच्छाकामना :  सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको  एचपिभि खोप लगाउने भएको छ । भोली मङ्गलबार माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउने भएको हो ।
विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागिएको हो ।
यसैबिच चितवनको इच्छाकामना गाउँपालिकामा  एक हजार दुई सय ८३ जना किशोरीहरुलाई  पाठेघरको मुखको क्यान्सरविरुद्धको  एचपिभि खोप  लगाउने भएको छ ।  इच्छाकामनामा माघ २२ गतेदेखि  २८ गते सम्म खोप लगाइने छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि देवकोटाका अनुसार विद्यालय र स्वास्थ्य संस्था गरि ३६ वटा खोप केन्द्रबाट  खोप लगाइने  छ ।