
चितवन : नेपाल शिक्षक संघ, चितवन अन्तर्गत निवृत्त शिक्षक परिचालन तथा सूचना प्रविधि विभागको आयोजनामा निवृत्त शिक्षकहरूको विशेष भेला चितवनस्थित संघको सभा हलमा सम्पन्न भएको छ।
विभागका संयोजक एवम् जिल्ला कार्यसमिति उपाध्यक्ष भविश्वर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमले शिक्षकहरूको योगदानको सम्मान गर्दै नयाँ ऊर्जा र उत्साह थप्ने प्रयास गरेको हो।
कार्यक्रमका प्रमुखअतिथिका रूपमा नेपाल शिक्षक संघ, बागमती प्रदेश अध्यक्ष दीपक सिंखडाको उपस्थिति रहँदा विशिष्ट अतिथि संघका चितवन अध्यक्ष इन्दिरा मरहठ्ठा थिइन् । अन्य अतिथिहरूमा बागमती प्रदेश सदस्य कमल गुरुङ, पूर्व अध्यक्षहरू भुवानीप्रसाद पौडेल, हरिराज पौडेल, नारायण चालिसे, र गीता गुरुङजस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा महिला उपाध्यक्ष राधा चौधरी र सचिव अर्थ प्रकाश भट्टराईको पनि उपस्थिति रहेको थियो ।
ूहामी निवृत्त भएका छौँ, तर थाकेका छैनौँ भन्ने नारा गुञ्जिएको कार्यक्रममा ८० भन्दा बढी निवृत्त शिक्षकहरूको सहभागिता रहेको नेपाल शिक्षक संघ चितवनका सदस्य अनिश घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरूले निवृत्त भए पनि शिक्षण क्षेत्रमा आफ्नो अनुभव र योगदानले अझै पनि अर्थ राख्ने विश्वास व्यक्त गर्नुभयो ।
भेलाले हरेक वर्ष निवृत्त शिक्षकहरूको सहभागितामा विशेष कार्यक्रम गर्ने निर्णय गर्दै यस वर्षको लागि उपयुक्त समयमा वनभोज आयोजना गर्ने सहमति जनाएको छ ।
कार्यक्रममा सहभगिहरुले निवृत भएपनि शिक्षण क्षेत्रमा आफ्नो अनुभव र योगदानले अझै पनि अर्थ राख्ने विश्वास व्यक्त गरेका थिए ।