इच्छाकामना : चितवन एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०८१/ ८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।गाउँ कार्यपालिका र मातहतका कार्यालयहरूको काम कारबाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा जनताको गुनासो सुन्न पृष्ठपोषण लिने उदेश्यले इच्छाकामना गाउँपालिका वडा नं. १ स्थित सामुदायिक स्वास्थ्य इकाईको प्राङ्गण भाराङ्गमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

कार्यक्रममा सहभागीहरुले राखेको प्रश्न तथा जिज्ञासाको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्ग, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त वस्नेत, वडा नं. १ का वडाध्यक्ष सन्त बहादुर मगर लगाएतकाले जवाफ दिएका थिए ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्गले सबै जनताको गुनासो सुन्न, समस्याको सामाधान गर्नका लागि र सेवाग्राहीबाट पृष्ठपोषण लिन यस पटक वडा नम्बर १ भाराङ्गमा सार्वजनिक सुनुवाई गरिएको बताउनुभयो ।

आगामी सार्वजनिक सुनुवाई पनि अन्य वडामा पालैपालो गरिने बताउनुभयो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्गको सभापतित्वमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

सर्वाजनिक सुनुवाई कार्यक्रमको सहजिकरण भने इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा.लि. चितवनले गरेका थियो ।