इच्छाकामना :  नेकपा एमाले इच्छाकामनाको अधिवेशन पुस १२ गते हुने भएको छ ।  थकाली सेवा समाज मुग्लिनमा केन्द्रिय नेताहरुको उपस्थितिमा अधिवेशन हुने नेकपा एमाले इच्छाकामनाले जनाएको छ ।  अधिवेशनमा  सात वटै वडाबाट गरि २५० जना प्रतिनिधिहरु  सहभागि हुने छन् । हाल सात वटै  वडा अधिवेशन सम्पन्न भइसकेको र पुस ५ गते पालिकाको अधिवेशनका  लागि  प्रतिनिधिहरु छनौट गरिने नेकपा एमाले इच्छाकामनाले जनाएको छ ।