
चितवन : तमू (गुरुङ)हरुको मन्दिर क्होइबो धीँ निर्माणका लागि चितवनमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । तमू प्ये ल्हु संघ चितवनले भरतपुरबाट घरदैलो अभियान सुरु गरेका हुन् । यस अघि गुरुङहरुको ऐतिहासिक पर्यटकीय गाउँहरु लमजुङको भुजुङ र घले गाउँबाट सुरु गरेको अभियान मङ्गलबारदेखि चितवनमा पनि सुरु गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम तमूले जानकारी दिनुभयो । गुरुङहरुको आस्थाको धरोहर क्होइबो धीँ निर्माणका लागि अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । सो अवसरमा अभियानलाई सफल बनाउन अग्रजहरुले सकरात्म सल्लाह सुझावका साथै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको उहाँले बताउनुभयो । उहाँले धर्म संस्कार संस्कृतिको संरक्षणका लागि यस अभियानमा एकताबद्ध हुन सबैलाई आग्रह गर्नुभयो ।