गोरखा  : गोरखाको सहिद लखन गाउँपालिका–४, ताक्लुङमा धान्य पूर्णिमाको अवसरमा अर्लाङ्दी माई मेला २०८१ लाग्ने भएको छ । वडा कार्यालय आयोजना र अर्लाङ्दी माई मन्दिर जिर्णोद्धार समितिको सहआयोनमा मन्दिर परिसरमा  यहीँ मङ्सिर २९ र ३० गते मेलाको आयोजना गरिएको वडाध्यक्ष यामबहादुर थापाले जानकारी दिनुभयो ।

मेलामा जातीय विशेष खाना प्रर्दशनी, जातीय विशेष नृत्य प्रर्दशनी एवं लाखे नाँच, कौडा नाँच, मारुनी नाँच र भजनको प्रस्तुतीसमेत रहने उहाँले बताउनुभयो । ‘स्थानीय खाना अन्र्तगत सम्यवजी, सेल रोटी, बटुक रोटी, चाम्रे, पुवा, कसार, लोकल रक्सी, कटहरको वाइनलगायतका परिकारको स्वाद चाख्न पाइने उहाँले  बताउनुभयो ।

सोही अवसरमा भलिवल, भाले झिक्ने खेल, छेलो हान्ने खेल, सुगुँर समाउने प्रतियोगिता र डोरी तान्ने खेलको आयोजनासमेत गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । मेलामा चर्चित कलाकारहरु सिताराम परियार, सरु थापामगर, बेलीमाया गोर्खाली, बिजय परियार, मिरा राना, बसन्त श्रेष्ठ, गोपाल थापा, राजेश थापा, मिलन थापालगायतका सांङ्गीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।