
कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटरमा अवस्थित साना किसान कृषि सहकारी संस्था लि. दारेचोकको १८औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष तूलसा थापाको सभापतित्व तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सर्वशान्ति मावि कुरिनटारमा साधारणसभा सम्पन्न भएको हो ।
त्यसै गरि गाउँपालिका उपाध्यक्ष माया सिलवाल विशिष्ट तथा वडा नं ३ को वडाध्यक्ष तथा कृषि सहकारी संघ भरतपुर चितवनका अध्यक्ष नर बहादुर नेपाल, ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती, इच्छाकामना गाउँ पालिका कृषि विकास शाखा प्रमुख समिक्षा पौडेल , सर्व शान्ति मा. वि. कुरिनटारका व्यवस्थापन समितिका अध्यक्ष बलराम सिलवालको आतिथ्यता रहनुभएको थियो ।
संस्थाका अध्यक्ष तूलासा थापा, लेखा सुपरिवेक्षण समिति संयोजक शंकर प्रसाद सिलवाल तथा मुख्य प्रबन्धक रामजी नेपाल क्षेत्रीले संस्थाको प्रतिवेदन तथा प्रस्तावहरु पेस गर्नुभएको थियो । वि.स.२०६३ बैशाख २१ गते स्थापना भएको संस्थाको आर्थिक बर्ष २०८१/८२ कात्तिक मसान्त सम्ममा संस्थाको कुल पुजीँ रु १ करोड ५० लाख २६ हजार पुगेको छ । लगानी रु १८ करोड ५२ लाख ७० हजार र बचत १३ करोड २० लाख २१ हजार रहेको छ । हाल संस्थाको जगेडा कोष २ करोड १२ लाख ३६ रहेको छ ।
आर्थिक बर्ष २०८१ /८२ को कात्तिक मसान्त सम्म ४ महिनाको अवधीमा संस्थाले १९ लाख ४१ हजार मुनाफा आर्जन गरको संस्थाका मुख्य प्रबन्धक रामजी नेपालले बताउनुभयो । उहाँका अनुसार संस्थामा हाल सम्म १ हजार ३७ जना शेयर सदस्य रहेका छन् । ऋणि सदस्य भने ४४६ जना रहेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सञ्चालक समितिको सदस्य हरि बहादुर नेपालले राख्नुभएको थियो भने संस्थाका प्रबन्धक कल्पना भट्ट अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा शेयर सदस्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।