हीरालाल गुरुङ
इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका २ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे)सञ्चालनमा ल्याएको छ ।पर्यटन प्रवद्र्धनका  साथै आयआर्जनमा टेवा पु¥याउने उदेश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयहरुले होमस्टे सञ्चालनमा ल्याएका हुन् ।
होमस्टेको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । समन्वय समितिका प्रमुख अधिकारीले होमस्टे सञ्चालनसगैँ यहाँको स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  नजिकै रहेको चितवनको पुरानो सदरमुकाम एतिहासिक किल्ला उपर्दाङ्गगढीमा अध्ययन तथा अवलोकनका लागि आउने  पर्यटकहरुलाई यहाँको होमस्टेमा बास राख्न सक्यो भने यहाँको प्रचार प्रसार र आयआर्जनमा सहयोग पुग्ने बताउनुभयो ।उहाँले भन्नुभयो,नजिकै रहेको उपर्दाङ्गगढीमा अध्ययन अवलोकनका लागि पर्यटकहरु आउने गर्छन्,धेरै पर्यटकहरु आउँदा गढीका होमस्टेहरुमा बास नै पाइदैन ती पर्यटकहरु यहाँ बास बस्न आउँछन् जसले गर्दा स्थानीयको आयआर्जनमा टेवा पुग्छ ।”
साथै समन्वय प्रमुख अधिकारीले पुर्खाले आर्जेको संस्कार संस्कृतिलाई जगेर्ना गर्न आग्रह गर्नुभयो । होमस्टेमा आउने पाहुनाहरुलाई स्थानीयको संस्कृति झल्किने  नाँचगानबाट मनोरञ्जन प्रदान गर्दा संस्कृतिको  जगेर्ना र प्रवद्र्धनम  टेवा पुग्ने उहाँको भनाई छ ।
कार्यक्रममा रसुवाका जिल्ला समन्वय प्रमुख अशोक  कुमार घिमिरेले चितवनमा पनि चिसो सितल हावा पानी रहेको पहाडी भेग छ भन्ने आफुलाई पहिलो पटक थाहा भएको  बताउनुभयो ।  यहाँ आइपुग्दा अफुलाई रसुवा जस्तै  महशुस भएको  बताउनुभयो ।  रसुवामा पनि यहाँ जस्तै गुरुङ बस्ती रहेको र  घाटु नाच लगायत गुरुङ संस्कार संस्कृति रहेको  बताउनुभयो ।
घुर्केशमा आएका पाहुनाहरुले चितवन आउने पर्यटकहरुले इच्छाकामना छुटाउन नुहने बताएका थिए ।  यहाँको रमणीय  पर्यटकीय स्थलहरुको अवलोकनले फरक रमाइलो  अनुभूती दिलाएको बताएका  थिए ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले इच्छाकामनामा पर्यटन प्रवद्र्धनका साथै स्थानीयको आयआर्जनमा टेवा पु¥याउने उदेश्यले गाउँपालिकाले होमस्टे सञ्चालनमा जोड दिइएको  बताउनुभयो । उहाँले घुर्केश गाउँमा पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरगत १४ घरमा होमस्टे सञ्चालन गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको बताउनुभयो । गाउँमै  भएका  स्थानीयको उत्पादनबाट बनेका परिकार खुवाएर यहाँको चुड्का,नाँच, घाटु नाँचपञ्चेबाजा र दोहोरी गीतबाट मनोरञ्जन दिलाएर स्थानीयले आयआर्जन गर्न सकिने उहाँको भनाई छ ।होमस्टे सञ्चालनसगैँ पर्यटकहरुको आवागमन बढ्दा स्थानीयहरुको उत्पादनको बजारीकरणमा  समेत सहयोग पुग्ने उहाँको विश्वास छ ।
गाउँपालिका उपाध्यक्ष  माया सिलवालले  यहाँ पहिले देखी पाहुनाहरु आउने बस्ने गरकोमा  अहिले  घुर्केश गाउँलाई गाउँपालिकाले होमस्टेको रुपमा पैवद्र्धन गरिएको बताउनुभयो । यहाँको स्थानीय संस्कृति ,रमणीय ठाउँहरुको अवलोकन गर्न र स्थानीय परिकारहरुको  स्वाद लिन पाइने बताउनुभयो ।  गाउँपालिकाले पर्यटन प्रवद्र्धन र स्थानीयहरुको आयआर्जनमा टेवा पु¥याउन होमस्टे प्रवद्र्धन कार्यक्रम अन्तरगत  यहाँ होमस्टे सञ्चालन गरिएको बताउनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले इच्छाकामनाको घुर्केश पुरानो गुरुङ गाउँमध्ये महत्वपूर्ण गुरुङ गाउँ रहेको बताउनुभयो । होमस्टे प्रवद्र्धन कार्यक्रमले यहाँको पहिचान गुरुङ समुदायको संस्कृति, रितिरिवाज, रहनसहन, भेषभुषा,आर्थिक आम्दानी लगायतमा टेवा पु¥याउने  बताउनुभयो  । इच्छाकामनाको पर्यटकीय स्थलहरुको अवलोकन गर्न शक्तिखोर फिस्लिङ सडक भएर यात्रा गर्ने पर्यटकहरुका लागि बास बस्न  सितल ठाउँ रहेको  बताउनुभयो ।


वडाध्यक्ष पञ्च बहादुर चेपाङले  इच्छाकामनामा बस्ने विभिन्न  जातजातीहरुको आफ्नै संस्कार संस्कृति पहिचान भएकाले होमस्टे सञ्चालनसगैँ   आ–आफ्नो समुदायको पहिचान र संस्कृतिको जगर्नेमा सहयोग पुग्ने बताउनुभयो ।
होमस्टे सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कुमार गुरुङले यहाँ आउने पर्यटकहरुलाई स्थानीयले उत्पादन गरेका परिकारका साथै स्थानीय संस्कृति झल्किने नाँचगानबाट मनोरञ्जन दिइने बताउनुभयो ।गाउँमा होमस्टे सञ्चालनका लागि सहयोग गरेकोमा गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यवाद दिनुभयो ।
घुर्केश गाउँमा गुरुङ समुदायको बसोबास छ । पुर्व–वडाध्यक्ष समेत रहनुभएका स्थानीयचित्रबहादुर गुरुंङका अनुसार यहाँ  कृषि बैँक समेत सञ्चालनमा रहेका थिए । त्यस बेला बैँक सञ्चालन भएको घरलाई अहिले पनि बैँक घर भनेर चिनिन्छ । सोही घरमा पनि अहिले  होमस्टे सञ्चालनमा रहेको छ ।
यस अघि भौगोलिक विकटता र प्रचार प्रसार हुन नसक्दा यो गाउँ ओझेलमा परेको उहाँ बताउनुहुन्छ । तर अहिले गाउँमा सडकबाटो बनेपछि  भने पर्यटकहरु आउन थालेका  छन् । इच्छाकामनाको पर्यटकीय स्थलको रुपमा परिचित एतिहासिक उपर्दाङ्गगढी किल्ला र मायाटार नजिकै रहेको घुर्केश गाउँमा होमस्टे सञ्चालनसगैँ पर्यटकहरुको आवामगन बढ्ने उहाँको विश्वास छ ।