चितवन : चितवन प्रहरीले २८ सय पटका र २५ खाल खोड्खोडे बरामद गरेका छ । जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षित तवरबाट चाडपर्व मनाउनका निमित्त जारी गरिएको सुरक्षा योजना अनुसार खटिएको प्रहरी गस्ती टोली र प्रहरी चेकिङ टोलिले विभिन्न स्थानबाट खोड्खोडे २५ खाल बरामद गरिएको हो ।
साथै जिल्लाको भरतपुर महानगरपालिका ९ बसपार्कबाट २८ सय पिस पटका बरामद गरेको छ । गौरबाट चितवन तर्फ आउँदै गरेको ग १ ख ७५३२ नं. को यात्रु बाहक बसलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त बसमा नागिन पटका २,८०० पिस फेला परेको हो । उक्त बस चालक रौतहटको चनपद्रपुर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५ को मोहम्मद अर्मान, सहचालक पर्साको बिरगंज महानगरपालिका वडा नं. २९ बस्ने बर्ष २७ को सुशिल चौधरी र कन्डक्टर रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ बस्ने बर्ष २३ को सुदर्शन राउतलाई बस र पटका सहित नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुान्धान भईरहेको प्रहरीले जनाएको छ ।
चितवन प्रहरीले उपरान्त लङ्गुरबुजा खेलेको पाईएमा जुवा सम्बन्धी ऐन अन्तर्गत कारबाही समेत गर्ने जनाएको छ।