कुरिनटार,२६ असोज :  मनकामना केबलकार पाँच   दिन बन्द हुने भएको छ ।  दशेँमा तीन दिन र मर्मत सम्भारका लागि तनि दिन बन्द हुने भएको हो ।  दशैँमा असोज २६ र २७ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।  उहाँका अनुसार २८ गते एक दिन सञ्चालनमा आएपछि पुन :  तीन दिन बन्द गरिने छ । असोज २९ गतेदेखि कार्तिक १ गतेसम्म मर्मत सम्भारक लागि पुन :  बन्द गरिने उहाँले बताउनुभयो । उक्त अवधीभर मर्मतसम्भारका साथै केबलकारको लठ्ठा समेत छोट्याउने काम हुने छ । मर्मत सम्भारपछि कार्तिक २ गतेबाट नियमित सञ्चालनमा आउने उहाँले  बताउनुभयो ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि नेपालमै
पहिलो पटक विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको  प्रवेशद्वार बटम स्टेशन भने चितवनको  इच्छकामना गाउँपालिका ४ चेरेसमा रहेको छ ।