बुट्टारः गोरखाको गण्डकी गाउँपालिका १ बुट्टारमा प्रथम गण्डकी महोत्सव हुने भएको छ । सुपर त्रिशूली हाइड्रो पावर सरोकार समितिको आयोजना तथा सामुदायिक रेडियो इच्छाकामना एफ कुरिनटार चितवनको सह–आयोजनामा कार्तिक ८ गतेदेखि १७ गते सम्म महोत्सव हुने भएको हो ।
गण्डकी गाउँपालिका र आसपासका क्षेत्रको आर्थिक क्रियाकलापहरुलाई प्रवद्र्धन तथा यहाँका उद्यमीहरु, पर्यटन व्यवसायीहरु र विविध क्षेत्रका सरोकारवालाहरुका ज्ञान, सिप, अनुभवहरु, क्रियाकलापहरु र नविनतम उपलब्धिहरुको प्रदर्शन गर्न उत्प्रेरित तथा उत्साहित गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको सुपर त्रिशूली हाइड्रो पावर सरोकार समितिका अध्यक्ष सिताराम विश्वकर्माले बताउनुभयो ।
यो महोत्सव यस क्षेत्रका स्थानीय संघ संस्था, निकायहरु, उद्योगी व्यवसायीहरु, पर्यटन व्यवसायीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुको संयुक्त प्रयास भएको उहाँले बताउनुभयो ।
यो महोत्सव समग्र गण्डकी गाउँपालिका र गोरखा जिल्लाकै सर्वाङ्गिण विकासको कोशेढुङ्गा सिद्ध हुने सरोकार समितिका सचिव संगम मगरातीले बताउनुभयो । आजसम्म यस क्षेत्रको विकासको लागि यहाँका मनोरम दृष्यहरुको प्रचारप्रसार र प्रवद्र्धन गर्ने किसिमका कुनै पनि कार्यक्रम हुन नसकेको अवस्था मा यो महोत्सव एउटा ऐतिहासिक महोत्सव हुने उहाँको भनाई छ ।

यस महोत्सवले यहाँको पहिचान, परम्परा, सिप, प्रविधि, प्राकृतिक जैविक तथा वनस्पतिजन्य विविधता, नदी, ¥याफ्टिङ, मनोरञ्जन, सांस्कृतक पहिचान, बसोवास लगायतका समग्र कुराहरुको प्रदर्शनमार्फत प्रचार प्रसार गरी विकास, प्रवद्र्धन र विस्तार गर्न सहयोग गर्ने आयोजकको दावी छ । यो महोत्सव सम्पूर्ण व्यवसायीहरु तथा यस क्षेत्रका सरोकारवालाहरुको बजार प्रवद्र्धन तथा व्यावसायिकरणका लागि महत्वपूर्ण अवसर उहाँले बताउनुभयो ।
यस क्षेत्रको परम्परा, चालचलन, रितिरिवाज, धर्म, संस्कृति, साहित्य तथा कलाको संरक्षण तथा सम्वद्र्धन गर्ने पनि महोत्सवले टेवा पु¥याउने आयोजकले जनाएको छ । वडा पालिका र जिल्ला स्तरमा अदृश्य रुपमा रहेका नृत्य क्षमतालाई गण्डकी डान्स आइडल मार्फत अवसर प्रदान गर्ने ।लोप हुदैँ गएका परम्परा तथा मौलिक संस्कृतिहरु जस्तै ः रत्यौली, लाखे नाच, भजन, घाटु, चुड्का र कौरा नाच जस्ता स्रस्कृतिहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने, नेपलीहरुको असाध्यै लोकप्रिय तर विस्तारै ओझेलमा पर्दै गएको भलिबल खेललाइ सुनौलो अवसर प्रदान गर्ने जनाएको छ ।
करिब १०० वटा स्टल रहने र एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरेको छ ।
महोत्सवको खुद आम्दानिको ०५प्रतिशत गण्डकी योगदान कोषलाइ प्रदान गरिनेछ आयोजकले जनाएको छ ।
महोत्सवका प्रमुख आकर्षणहरु ः
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विविध सांस्कृतिका कार्यक्रमहरु ।
गण्डकी डान्स आइडल ।
ग्ण्डकी प्रदेश स्तरीय खुल्ला भलिबल प्रतियोगिता ।
लोक दोहोरी, चुड्का, रत्यौली, भजन, लाखे नाच र पन्चे बाजा प्रतियोगिता ।
करिव १०० भन्दा बढी स्टलहरु प्रदर्शनमा समावेश गरिनेछ ।
करिव १,००,००० दर्शक÷आगन्तुकहरुले महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको छ ।
देशभरबाट व्यवसायिहरु तथा आगन्तुकहरु यस महोत्सवमा सहभागी हुनेछन् ।
यहाँको मौलिक तथा स्थानिय उत्पादन र वस्तुहरुको उच्चतम बिक्री वितण र प्रचार प्रसार हुनेछ ।
वस्तु तथा सेवाको विक्रि वितरण अधिकतम सहुलियत दरमा हुनेछ ।
उत्पादकहरुको उपभोक्तासँग प्रत्यक्ष सम्पर्कद्वारा पृष्ठपोषण प्राप्त गर्न सकिनेछ ।
यहाँको आदिवासि जनजातिका राष्ट्रिय स्तरको नेपाली संस्कृती र परम्पराको प्रदर्शन हुनेछ ।
आगन्तुकहरुलाई अविष्मरणीय अनुभव हासिल हुनेछ ।
पर्यटन व्यवसायको प्रवर्दन हुनेछ ।
राफ्टिङको अवसर ।
जिपलाइनको अवसर ।
वृहत ¥यालीको आयोजना ।
कृषी उत्पादनको प्रतिस्पर्धा हुनेछ ।
कला प्रदर्शन ।
सुचना प्रविधिको प्रवद्र्धन ।
गण्डकी गा.पा. क्षेत्रको विकासका सम्भावनाको आदान प्रदान गर्ने उपयुक्त अवसर ।