चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन आउने भएका छन् । चितवनको मतदातासँग तेस्रो सार्वजनिक सुनुवाइ गर्ने सभापति लामिछानेले असोज १८ गते (शुक्रबार) चितवनमा आउने भएका हुन् ।
शुक्रबार चितवनको इच्छाकामनास्थित थकाली समाज भवनमा सभापति लामिछानेले सार्वजनिक सुनवाइ गर्न लागेका हुन्। आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरतास्वतप चितवन आउन लागेको उनले बताएका छन्।

इच्छाखबर संवाददाता












