आँबुखैरेनी :  तनहुँको आँबुखैरेनी गाउँपालिका सम्मानित भएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) र  एफ आर ए(सा.प्र.म)ले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को स्वमूल्यांकनको प्रतिवेदन अनुसार ४६० गाउँपालिका मध्ये आँबुखैरेनी गाउँपालिकाको गुणस्तर परीक्षण पछि कायम (लिजा) ८५.७५ अंक र एफ आर ए मा उत्कृष्ट भएकोले निगरानी दैनिक मिडिया प्रा.लि. द्वारा प्रकाशित स्थानीय सरोकार पत्रिकाको दोश्रो बार्षिकोत्सव समारोहमा आँबुखैरेनी गाउँपालिकालार्ई सम्मान गरिएको हो ।
पुर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मान पत्र  प्रदान गर्नुभएको हो ।  गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष सुक्र चुमानको स्वकीय सचिव मनोज वास्तोलाले सम्मानपत्र ग्रहण गर्नुभएको हो ।