गोरखा : जिल्लाको सुकौरा खोलाले बगाउदा गोरखाको शहिद लखन गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शहिद लखन गाउँपालिका ६ अन्धेरी घैरुङ निवासी रामकुमार श्रेष्ठको श्रीमती ७० वर्षीया बालकुमारी श्रेष्ठ रहेको स्थानीय कृष्ण पुडाशैनीले जानकारी दिए ।

images
उनका अनुसार शनिबार बुंकोट स्वास्थ्यचौकीमा उपचार गरेर घर फर्कने क्रममा दिउँसो करिब ४ बजेको समयमा सुकौरा खोलाले बगाएको हो । साँझसम्म घर नफर्केपछि परिवारले खोजबिन गर्दा आज बिहान करिब २०० मिटर तल उनको शव भेटिएको हो ।