![](https://ichchhakhabar.com/wp-content/uploads/2024/09/IMG_6034.jpg)
कुरिनटार : बर्षाका कारण स्थगित भएको प्रथम कुरिनटार कप २०८१ आजदेखि पुन : सुचारु हुने भएको छ । असोज १० गतेदेखि सुरु भएको प्रथम कुरिनटार कप २०८१ खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगिता भारी बर्षाका कारण स्थगित गरिएको थियो ।
प्रतियोगिता आजदेखि सुरु हुने आयोजक के ब्वाईज क्लब कुरिनटारका अध्यक्ष डुपेन्द्र गुरुङले जानकारी दिनुभयो । आज प्रतियोगितामा पाँच वटा खेलहरु हुने उहाँले बतानुभयो । केहीबेरमा मुग्लिन एफ सी र राइजिङस्टारबिचको खेल सुरु हुने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताको १० गते वागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्ण सिलवालले समुद्घाटन गर्नुभएको थियो । उद्घाटनको दिन दुई वटा खेल भएका थिए ।
इच्छाकामनामा सञ्चालन हुने प्रतियोगिता मध्ये हाल सम्मकै सर्वाधिक राशी पुरस्कार रहेको प्रतियोगिताका विजेताले रु १ लाख ११ हजार १०१ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्तगर्ने आयोजकले जनाएको छ । उपविजेताले भने रु ५५ हजार ५०१ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैबिच विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदानगरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई रु ३ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ । यसैबिच उत्कृष्ट गोलकर्ता, मिड फिल्डर,डिफेन्डर, स्ट्राइकर र गोलरक्षकले रु २ हजार ५०० नगदसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ । प्रतियोगिताको मुख्या प्रायोजक इच्छाकामना गाउँपालिका र सहप्रायोजक इच्छाकामाना ४ लेवाटारका बाबुलाल राना मगर रहनुभएको छ ।