गोरखा : शहिदलखन गाउँपालिका वडा नम्बर ५ भैसेपोल गोरखाका जन्मिदै अपाङ्ग रहेका दुई बालबालिकालाई सहयोग प्राप्त भएको छ । रत्नचोक पोखरा घर भई हाल हङकङमा बस्दै आउनुभएका पर्वत क्लब हंङकङका टिम क्याप्टेन तथा समाजसेवी बिष्णु गुरुङले रु.२२ हजार २२२ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।
एकै आमाका दुई सन्तान ११ र १२ बर्षिय दुई बालबालिका जन्मिदै अपाङ्गग छन्। गुरुङले आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गर्नुभएको हो । उक्त सहयोग रकम शहिदलखन ४ राईनासका युवा समाजसेवी लक्ष्मण काप्रीले घरमै पुगेर केशर बहादुर राना,ढक बहादुर थापा र सानुबाबु आलेको रोहबरमा बालबालिकाका आमालाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
अशक्त बालबालिका
दुबै बालबालिका हिडडुल गर्न नसक्ने काप्रीले बताउनुभयो । यस अघि पनि गुरुङले मृगौला रोग पीडित मित्रता गुरुङलाई पनि रु.८ हजार– सहयोग गर्नुभएको थियोे । आफ्नो जन्मदिनको अबसरमा केक काटेर बिलासि खर्च गरेर जन्मदिन मनाउनु भन्दा अपाङ्ग बालबालिकालाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसि रहेको गुरुङले बताउनु भयो । आगामी दिनमा पनि यस्ता सहयोगहरुलाई निरन्तता दिनु उहाँले बताउनुभयो ।
सहयोगी समाजसेवी विष्णु गुरुङ