अमेरिका : अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ ।मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । स्रोतका अनुसार मृतक विद्यार्थी मुना ह्युस्टन सहर नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । भोजपुर घर भइ अमेरिकामा अध्ययन गरिरहेकी २१ वर्षीया मुना पाण्डेको गोली हानी हत्या भएको ह्यूस्टन प्रहरीले जनाएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानपश्चात् शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ । हत्याबारे पूर्ण विवरण आउन भने बाँकी छ । प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।