
धादिङ : धादिङमा बस र माइक्रोबस ठोक्किदा ८ यात्रु घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार धादिङबाट काठमाडौ जाँदै गरेको ना ७ ख ३१९८ नम्बरको यात्रु बस र काठमाडौंबाट धादिङबेसी तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ – ००१ ज ०४२९ नम्बरको माइक्रो धादिङ–मलेखु सडक खण्ड अन्तर्गत निलकण्ठ ८ ससाहमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य २ जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भई रहेको छ ।