मुग्लिन,७ साउन : चितवनमा माइक्रो बस दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कावासोतिबाट काठमाडौँ तर्फ जादैँ गरेको ग १ ख ९१५५ नम्बरको माइक्रो सोमबार बिहान ४ बजे आफै अनियन्त्रित भई नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ जलबिरे नजिक सडकको डिभाइडरमा ठोकिदाँ माइक्रोमा सवार तीन जना घाइते भएका हुन् । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते मध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका ८ बस्ने बर्ष ३६ को धनश्याम न्यौपानेको अवस्था गम्भीर रहेको छ । नवलपुरको कावासोति नगरपालिका ५ बस्ने बर्ष ६० की सन्तुमाया कुमाल र उदयपुरको गाईघाट नगरपालिका १५ बस्ने बर्ष १९ को जेनिस बस्नेतको अवस्था मध्यम रहेको छ ।
माइक्रो चालक चितवनको माडी नगरपालिका १ बस्ने बर्ष ३३ को नन्दलाल महतोलाई नियन्त्रणमा लिएको प्रवक्ता रिजालले बताउनुभयो । माइक्रोमा १७ जना सवार थिए ।
इच्छाखबर संवाददाता












