आँबुखैरेनी,६ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल आँबुखैरेनी अस्पतालमा समायोजन हुने भएको छ । आँबुखैरेनीवासीलाई विशेषज्ञ स्वास्थ्य सेवा सहितको उत्कृष्ट सेवा उपलब्ध गराउने उद्धेश्यसहित छिम्केश्वरी अस्पताल आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालमा समायोजन हुने भएको हो ।
आइतबार आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष शुक्र चुमान र छिम्केश्वरी अस्पतालका अध्यक्ष कृष्णमान तामाङबीच अस्पताल समायोजन सम्बन्धमा सम्झौता भएको छ ।आँबुखैरेनी अस्पताललाई गण्डकीको पूर्वी क्षेत्रको उपक्षेत्रीय स्वास्थ्य हब बनाउने उद्धेश्यले अस्पताललाई निकट भविष्यमा नै ५० शय्याको अस्पताल बनाउने लक्ष्य राखिएको आँबुखैरेनीका अध्यक्ष चुमानले जानकारी दिनुभयो । छिम्केश्वरी अस्पताल प्रालि रहेको पूर्वाधारमा गाउँपालिका र निजी क्षेत्रको संयुक्त लगानीमा स्वास्थ्य ऐकेडमी सञ्चालन गरी आँबुखैरेनीलाई स्वास्थ्यको हब क्षेत्र निर्माण गर्ने र छिम्केश्वरी अस्पतालका शेयर सदस्यहरुलाई एकेडेमीको शेयर सदस्य बनाउने सहमति भएको छ ।

यी हुन् ६ बुँदे सहमति