चितवन :  चितवनमा पेट्रोल बोकेको ट्याङ्कर र बस ठोक्किँदा बसमा सबार १६ जना यात्रु  घाइते भएका छन्।दिउसो अन्दाजी ३ बजेको समयमा भरतपुर २९ नारायणगढ- मुग्लिन सडक खण्डको भतेरी भन्ने स्थानमा  तेलको ट्याङ्कर र  बस ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताउनुभयो।

नारायणघाट बाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोहि दिशाबाट जाँदै गरेको ना७ख ५४९१ नम्बरको पट्रोल बोकेको तेल ट्याङकरको पछाडि ठोक्किँदा बसमा सवार १६ जना यात्रीहरु घाइते भएका छन्।

घाइतेको उपचारको लागी नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपरमा पठाईएको छ। घाईतेमध्ये नयाँ मेडिकल कलेजमा १० जनाको उपचार भैरहेको छ। जसमध्ये १ जना गम्भिर रहेको र ९ जनाको स्वास्थ्य अवस्था मध्यम रहेको छ। साथै पुरानो मेडिकल कलेजमा १ जना र भरपुर सरकारी अस्पतालमा ४ जना को उपचार भइरहेकोमा उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।दबै सवारी साधन र तेल ट्याङकर नियन्त्रणमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको रिजालले बताउनुभयो।