चरौदीँ जेठ २२ :  धादिङको बेनिघाट रोराङ गाउँपालिका ७  स्थित चरौँदीमा जिल्लाकै स्थानीय तहरुमध्ये पहिलोपटक खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला  सञ्चालनमा आएको छ ।गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले  एक कार्यक्रमकाबिच प्रयोगशालाको समुद्घाटन गर्नुभएको हो ।२०७९ साउन ५ गते वडान म्बर ७ चरौँदीमा  बेनिघाट रोराङ ग्रामिण खानेपानी बोर्डको कार्यालय स्थापना गरि काम गरिरहेको छ ।यस  अघि हेटौँडा,भरतपुर, र धादिङवेशी स्याम्पल लिएर जानुपर्ने बाध्यता रहेका थिए ।

अध्यक्ष थपलियाले गाउँपालिकाका सबै जनताको घर धारामा सहज रुपमा स्वाच्छ खोनपानी पु¥याउने उद्धेश्यका साथ खानेपानी गुणस्तर परीक्षण गर्ने प्रयोगशालाको व्यवस्थापन गरिएको बताउनुभयो । सम्पूर्ण विकासका आयोजना जनताको प्रत्यक्ष सहभागितामा मात्र सम्पन्न गरिने बताउनुभयो । जनसहभागीता रहे मात्र योजनाहरु दीगो र टिकाउ हुने उहाँको भनाई छ ।

67dad0f3-0d51-4c96-957f-607854566e7e1718034596.jpg
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष  टाप बहादुर श्रेष्ठले खानेपानी  गुणस्तर परिक्षण प्रयोगशालासञ्चालनमा ल्याउने धादिङको पहिलो पालिका बन्न सफल भएको  बताउनुभयो । साथै ग्रामिण खानेपानी बोर्ड र पोषण सुधार केन्द्र स्थापन गर्नेमा ७५३ स्थानीय तह मध्ये पहिलो  भएको बताउनुभयो ।  उहाँले गाउँपालिका बेरुजु सुन्य  बनाउन सफल भएको बताउनुभयो ।

बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेतीका अनुसार हाल गाउँपालिकामा १५० वटा खानेपानी प्रणाली रहेका  छन् । १३५ वटा मुलको पानी ग्राभिटी, १२ वटा लिफ्टिङ र ३ वटा मिश्रित प्रणाली  रहेको निर्देशक उप्रेतीले बताउनुभयो ।
बोर्डले हाल सम्म १० वटा कार्यविधि नियमावली निर्देशिका निर्माण  गरेका छन्। बोर्डको उदेश्य  महशुल निर्धारण गर्ने, खनोपानी सेवा प्रणालीको निर्माण  तथा व्यवस्थापन गर्ने, खाने पानीको श्रोतको पहिचान गर्ने ,वितरण तथा सरसफाई गर्ने  र  तथा नियमित सरसफाई गर्ने रहेको छ  ।
फोकस नेपाल,अक्सफाम र गाउँपालिकाको सहयोगमा उक्त खोनेपानी वोर्डले गाउँपालिकाका १० वटै वडाहरुमा स्वाच्छ खानेपानीको आवधारणा सञ्चालन गर्दै आएको गाउँपालिकाले. जनाएको छ ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे, वडाध्यक्षहरु,पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, फोकस नेपाल  धादिङका एकराज छतकुली लगायतको उपस्थिति रहनुभएको थियो । वडा नम्बर ६ का वडाध्यक्ष टेकनाथ सिलवालले स्वागत मन्तव्य  राख्नुभएको थियो ।