कुरिनटार : मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ ।  दशैँमा तीन दिन बन्द गरिएको केबलकार आज (बिहिवार)देखि नियमित सञ्चालनमा आएको हो ।
दशैँमा नवमी,दशमी र एकादशीका दिन कात्तिक ६,७ र ८ गते बन्द गरिएको केबलकार सेवा आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो ।
गोरखाको शहीदलखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना माता माइको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरि वि.स.२०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।