कुरिनटार-धादिङ जिल्लाका भलिबल क्याप्टे मनोज कुमार श्रेष्ठले गयराती सलाङमा आफु बास बसेकै घर नजिकै आत्महत्या गरेका छन् । उनि नलाङ खिर्रेमा जारी तमु युवा समाज खुल्ला पुरूष भलिबल खेलेर आफ्नो टिम सहित सलाङ बस्न गएका थिए । उनको टिमले बुधबार भएको खेल जितेको छ ।

स्रोतका अनुसार उनी दिनभर खेल खेलर साथी सँग बास बस्न रुम पुगेपछि श्रीमती सँग फोनमा कुरा गरेका थिए । फोनमा केहि भनाभन जस्तो सुनिएको थियो । बिहान उठ्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको श्रीमती विदेशमा छिन् ।

जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङका अनुसार मनोजले केहि बर्ष यता धादिङमा भएको साना तथा ठुला १०० भन्दा बढी भलिबल खेलहरु खेलि सकेका थिए । भने विगत २ वर्ष यता जिल्ला बाहिर भएको दर्जनौं प्रतियोगिताहरुमा समेत भाग लिई सकेका थिए ।