
काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले फेरि सरकारमा सहभागी हुने भएको छ।कांग्रेसमा शेखर कोइराला पक्षलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमाले सरकारमा पनि जाने भएको हो।
‘अहिलेसम्म हामी सरकारमा सहभागी हुने कुरा भएको छ। भोलि नै मुख्यमन्त्रीसँगै हाम्रा मन्त्रीले पनि शपथ लिनुहुनेछ, एमाले कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने,‘मन्त्रालयको कुरा टुंगिन बाँकी छ । आज नै हामी बसेर टुंगो लगाउँछौं। भोलि सानो आकारको मन्त्रिपरिषद गठन हुन्छ।’
संविधानअनुसार अन्तिम विकल्प प्रयोग भएर सरकार बनेकाले यसमा एमाले सहभागी हुने र सफल बनाउन लाग्ने भण्डारीले बताए।
एमालेका ९उपसभामुखबाहेक० ३९ र कांग्रेसमा कोइराला पक्षका ८ सांसदको समर्थनबाट कांग्रेसका केदार कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका छन्। उनी संविधानको धारा १६८ ९५० बमोजिम नियुक्त भएका हुन्।
अब उनले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने छ। सत्ता गठबन्धनको औपचारिक निर्णयबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वोले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए।
दुवैले आफ्नो पक्षमा बहुमत भएको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सांसदको हस्ताक्षर सनाखत गरेर नियुक्तिको निर्णय गरेका हुन्।