कुरिनटार  : धादिङ्गे चेली इच्छाकामना महिला सहयात्री संस्थाले भेटघाट तथा शुभकामना आदान -प्रदान कार्यक्रम सम्पन्न गरेको छ । धान दिवशको अवसरमा शुक्रबार इच्छाकामना ४ कुरिनटार स्थित इच्छाकामना मन्दिरको धर्मशालाको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो ।

धादिङ्गे चेली इच्छाकामना महिला सहयात्रीका अध्यक्ष रीता अर्याल नेपालको सभापतित्व तथा गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यता र गाउँपालिका पूर्व अध्यक्ष गीता कुमारी  गुरुङको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपाल, वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती साहित्य प्रवाह इच्छाकामनाका अध्यक्ष  याकराज शर्मा विभिन्न राजनितिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष माया सिलवालले सबै महिलालाई सीप विकास तालिम दिने र सामाजिक हकहितका लागि खोलिएका संस्थाहरुलाई साथ र सहयोग हुने  प्रतिवद्धता व्यक्त गर्नुभयो ।   उपाध्यक्ष सिलवालले भन्नुभयो, “ हामी गाउँपालिकाका  सबै महिलालाई सीप मुलक तालिम दिर्य आत्म निर्भर बनाउँछौँ ,सामाजिक हकहितका लागि खोलिएका यस्ता संस्थाहरुलाई सकेको सहयोग गर्नेछु , आगमी बर्षमा उपाध्यक्ष संग महिला कार्यक्रम राखेको छु । ” धादिङ्गे चेली इच्छाकामना महिला  सहयात्री संस्था बैधानिक रुपमा अगाडि बढि सकेकोमा उपाध्यक्ष सिलवालले  संस्थाको टिमलाई नै विशेष धन्यवाद दिनुभयो ।

यस संस्थालाई विगत देखिनै सहयोग गर्दै आउनु भएको वडा नं ४ का वडा अध्यक्ष रुद्र प्रसाद उप्रेतीले अहिले सम्म यस्ता कार्यक्रम यहाँ अन्य संस्थाले अयोजना नगरेको बताउँदै  यो संस्थाले राम्रो कार्यक्रम गरेको भन्दै धन्यावाद र शुभकामना दिनुभयो ।

356425735_3106487586320416_4462637554879999976_n1688230056.jpg

सस्थाकी अध्यक्ष रिता  नेपालले  धन्यवाद दिदै  हामीमा हरेक कुराको विकास भएपनि चेतनाको विकास हुन जरुत  रहेको र  यस संस्थाले  सकारात्मक सोचका साथ सबैलाई हातेमालो गरेर अगाडी बढाउने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो,“हामीमा हरेक कुराको विकास भएपनि चेतनाको विकास हुन जरुत छ,  हाम्रो संस्थाले सकारात्मक सोचका साथ सबैलाई हातेमालो गरेर अगाडी बढाउने र सात वटै वडामा भित्र नै गुम्सिएर पिल्सिएका महिला लाई आफ्नो अधिकार के हो र हिंसामा पर्न नदिन समेत सबैलाई अरुबाट सुन्ने र सिक्ने साहसि र उर्जावान हुन सक्नु पर्छ । ”

356624878_3106487289653779_5277811865413459343_n1688230096.jpg

सो अवसरमा शुभकामना आदानप्रदानका साथै नाचगान गर्दे मनरोञ्जन गरेका थिए।   सीता सिलवाल,खेल कुमारी सापकोटा,तारादेवी सिलवाल, श्रीमाया अधिकरी लागयतले सो अवसरमा आफ्नो मनरोञ्जनात्मक प्रश्तुतीहरु दिएका  दिए ।

साथै संस्थाका महासचिव सावित्रा सिलवालले संस्थाको कार्यपत्र प्रश्तुत गर्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव भगवती सिलवालले सञ्चालन गर्नुभएको थियो । सोही अवसरमा संस्थालाई सहयोग गर्नेहरुलाई सम्मान समेत गरेका थिए ।

‘इच्छाकामनामा महिला, समृद्धि पहिला’ भन्ने मुल नाराका साथ धादिङ्गबाट विवाह भएर चितवनको इच्छाकामनामा आउनुभएका दिदी बहिनीहरुको संगठित यस  धादिङ्गे चेली इच्छाकामना महिला सहयात्री संस्थाले महिलाको हकअधिकारका साथै महिलालाई आत्मनिर्भर  बनाउने नेतृत्व विकास गर्ने र दिनदुखीहरुलाई सहयोग गर्छन् ।

357491212_3106484216320753_2361840630229255783_n1688230176.jpg

357345889_3106488059653702_4707974320086651587_n1688230173.jpg

356671285_3106487996320375_8746385727713349526_n1688230172.jpg

356656270_3106487822987059_2833179014423714612_n1688230166.jpg

356647508_3106487359653772_5614531833083652919_n1688230161.jpg

356655045_3106487686320406_6319601394606944623_n1688230165.jpg

356646217_3106488199653688_265140399283204282_n1688230159.jpg

356640088_3106487136320461_4785483381746607853_n1688230157.jpg

356630423_3106488342987007_2870081127745593244_n1688230155.jpg

356628424_3106487392987102_2524481831757457319_n1688230152.jpg

356626727_3106487472987094_8995479854079570705_n1688230147.jpg

356431879_3106487232987118_2695568143774319426_n1688230144.jpg

356624878_3106487289653779_5277811865413459343_n1688230096.jpg

356427740_3106486882987153_5439442897974491723_n1688230143.jpg

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  २२:२९