काउले, ५ असार । इच्छाकामना गाउँपालिका २ काउले स्तिथ जनप्रिया माध्यमिक माध्यमिक विद्यालय काउलेमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले इन्सेकको आर्थिक सहयोगमा दोस्रो पटक सोमबार सचेतनामुलक सडक नाटक प्रदर्शन गरेक छन् ।
विद्यार्थीले मानव बेचबिखन विरुद्ध सचेतनामुलक सडक नाटक प्रदर्शन गरेका हुन् ।
यस सडक नाटक प्रदर्शन कार्यक्रममा जनप्रिय मा.वि काउलेका सम्पुर्ण शिक्षकहरुले यस सडक नाटक प्रदर्शन गर्नुको कारण भौगोलिक बिकटताका र आर्थिक अभावका कारण लोभलालचमा परि जुनसुकै हिसाबबाट होटलमा काम गर्न अरुको घरमा काम गर्नको लागि पढाउने आसमा काम लगाइदिने आसमा विभिन्न प्रलोभन देखाइ लाने लैजाने क्रियाकलाप भएको हुदाँ मानव बेचबिखनविरुद्ध नाटक पदर्शन गरेको बताएका छन् ।
नाटकमा स्थानीय अभिभावक , शिक्षक , बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
1687225757.jpg)


1687225686.jpg)

1687225678.jpg)

इच्छाखबर संवाददाता












