आँबुखैरेनी : तनहुँको आँबुखैरेनीमा पनि ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरि मनाइएको छ । । ‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी क्याम्पसको सभाहलमा “लागुऔषध दुव्र्यसन नियन्त्रण तथा आत्महत्या न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम” लगायत विविध सांस्कृतिक कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपले मनाइएको हो ।
सो जनचेतनामूलक कार्यक्रममा बह्मकुमारी राजयोग विश्वविद्यालयकी संचालिका इन्दिरा पौंडेल, सृष्टि नेपाल सुधार केन्द्रका संचालक कन्चनदीप केसी, राजु लामिछाने, ओम कुमारी पौंडेल, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक गायत्री राज शर्मा लगाएतकाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल सहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्मा, निवर्तमान उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ , विभिन्न संघसंस्थाका प्रतिनिधि ,विद्यार्थी लगायत सयौँ स्थानीय महिला दिदी बहिनीहरुको उल्लेख्य सहभागिता रहेका थिए ।



इच्छाखबर संवाददाता












