चितवन :  प्रहरीले चितवनमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गएराती अस्थायी प्रहरी चौकी लोथर चितवनबाट खटिएको प्रहरी टोलिले राप्ती नगरपालिका १ लोथर स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा पिप्लेबाट लोथर तर्फ आउँदै गरेको बा ३ च २५०४ नं. को टाटा डिआई गाडिमा लुकाइछिपाई ल्याएको ५३ किलो लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गाडी चालक भरतपुर महानगरपालिका १६ बस्ने बर्ष ३० को अर्जुन दर्जी र गाडीमा सवार एक जना (नाबालक) रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिनसभयो । उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता पण्डितले बताउनुभयो।