गण्डकी, १ फागुन । उपप्रधानमन्त्री, भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख सामावेशी लोकतन्त्रको जन्म गराउने मुख्या आधार जनयुद्ध रहेको बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिकामा आयोजित जनयुद्ध दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जनयुद्धले तयार गरिदिएको जगमा नै जनयुद्ध र जनआन्दोलनलाई समायोजन गरेर अहिलेको परिवर्तन सम्भव भएको बताउनुभएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो,“अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख सामावेशी लोकतन्त्रको जन्म गराउने मुख्या आधार जनयुद्धले तयार गरिदियो, जनयुद्धले मात्र सम्भव नभएपछि जनयुद्ध र जनआन्दोलनलाई समायोजन गरेर शान्ति प्रकृया मार्फत अघि बढेर हामीले यी एतिहासिक उपलब्धीहरुलाई घोषित ग¥यौँ, त्यसलाई संस्थागत गर्ने काम संविधान साभाबाट बनाइएको नयाँ संविधानबाट ग¥यौँ र अहिले त्याही संविधान कार्यन्वयनमा छ । ”
“जनयुद्धको ऐतिहासिक महत्वलाई ध्यान दिदैँ अहिले संघिय सरकारले आजको दिनमा सार्वजनिक विदा दिएको मन्त्री श्रेष्ठको भनाई छ । यसको ऐतिहासिक महत्वलाई ध्यान दिदैँ अहिले संघिय सरकारले आजको दिनमा सार्वजनिक विदा दिने घोषणा गरेको हो, यो कुनै पार्टीको योगदानलाई कदर गर्ने कुरा गरेको होइन त्यसलाई त्यसरी सीमीत गर्न खोजिनुहुदैँन ।यो चाहीँ नेपालमा परिवर्तनलाई गुणात्मक विन्दुमा पु¥याउने महत्वपूर्ण परिघटनाहरुलाई,सहिदहरुलाई,बेपत्ता योद्धाहरुलाई, घाइतेहरुलाई,यस क्रममा विभिन्न प्रकारले पीडित बनेकाहरुलाई र यो परिवर्तनको प्रकृयालाई यहाँ सम्म ल्याई पु¥याउन गुणात्मक भूमिका खेल्ने राजनितिक परिवर्तनलाई सम्मान गर्न खोजिएको हो, यसरी हामीले जनयुद्ध दिवस र जनयुद्ध दिवसको दिनमा विदा दिएको घटनालाई बुझ्न जरुरी छ । यस रुपमा बुझ्न सबैलाई विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु –मन्त्री श्रेष्ठले भन्नुभयो । ”
जनयुद्ध दिवसमा विदा दिने निर्णयले एउटा विकसित र समृद्ध देश बनाउन र शान्ती प्रकृयाको बाँकी काम पुरा गर्न र एकिकृत भई सबैसंग सहकार्य गरेर अघि बढ्न प्रेरणा दिने मन्त्री श्रेष्ठको दाबी छ ।उहाले भन्नुभयो, “यसले न जनयुद्ध बाहेकका अरु लोकतान्त्रिक शक्तिको संघर्ष, जनआन्दोलन र संसदभित्र गरिने संसदिय संघर्ष, गैर संसदिय जनआन्दोलनको प्रकृयालाई अवमुल्याङ्कन गर्छ न यसले अगाडी दिनमा सबै मिलेर जान पर्ने अवश्यकतालाई नकार्छ, यो परिवर्तनको निम्ति पनि जनयुद्धबाहेक पनि सबै शक्तिहरुको योगदानदाई स्वीकार गर्छ र अवका दिनमा पनि नेपालको स्वाधिनतालाई रक्षा गर्न नेपालको अहिलको लोकतान्त्रिक उपलब्धीको संघिय लोकतान्त्रि गणतन्त्र र समाजवाद उन्मुख समावेशि लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा र संस्थागत सुदृढिकरण गर्न,संस्थागत  रुपान्तरण  सामाजिक न्यायसहितको समृद्ध हासिल गर्दै नेपालाई एउटा विकसित र समृद्ध देश बनाउन र शान्ती प्रकृयाको बाँकी काम पुरा गर्न एकिकृत भएर सहकार्य र सहमतीबाट अघि बढ्न प्रेरणा दिन्छ । ”

No description available.
उपप्रधामन्त्री श्रेष्ठले गोरखाको विकासका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले पप्पु कन्सट्रक्सनले अलपत्र पारेर छाडेको चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका स्थित बुट्टार जोड्ने पुलको अब चाडैँ टेन्डर आवहान गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै बुढीगण्डकी जलविद्युत आयोजनाको काम चाडैँ थालनी गरिने बताउनुभयो ।
जनयुद्ध दिवसको अवसरमा गण्डकी गाउँपालिकाले सहिद ,बेपत्ता द्धन्द्ध पीडित, संघसंस्थालाई जग्गा दान गर्ने व्यक्तित्वहरु, पूर्व जनप्रतिनिधि, गत बर्ष एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एक/एक जना छात्र /छात्रा तथा विषयगत शिक्षक, गत बर्ष गाउँपालिकाबाट लिएको आधरभूत तह (कक्षा १–८)मा उत्कृष्ट नतिजा ल्याउने एक/एक जना छात्र/छात्रा,उत्कृष्ट नतिजा ल्याउने एक विद्यालय तथा विषयगत शिक्षक र तेश्रो रष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका विजेता विद्यालय तथा विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।
साथै सो अवसरमा संघिय लोकतान्त्रितक गणतन्त्रात्मक राज्य स्थापनाका लागि जनयुद्ध र जनआन्दोलनको भूमिका विषयमा अन्तर मावि स्तरिय कविता प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेका थिए ।
गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाको सभापतित्व तथा उपप्रधानमन्त्री, भौतिक पुर्वाधार तथा यातायातमन्त्री नरायणकाजी श्रेष्ठ प्रकाशको प्रमुख र पूर्व संघिय सांसद हरिराज अधिकरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

No description available.