गण्डकी,२६ माघ । गोरखाको गण्डकी गाउँपालिकाको आधिकारिक लोगो सार्वजनिक गरिएको छ ।गाउँपालिकाले प्रतिष्पर्धाबाट डिजाइन गरेका मध्ये छनौटमा परेको डिजाइनलाई परिमार्जनसहित आधिकरिक लोगो तयार पारिएको हो ।
चितवनको इच्छाकामन गाउँपालिक३ फिस्लिङ (साविकको दारेचोक ९) निवासी सुवास श्रेष्ठले डिजाइन गरेको लोगो गाउँपालिकाले छनौट गरेका हुन् । गाउँपालिकाको कार्यापालिकाको बैठकले श्रेष्ठले डिजाइन गर्नुभएको लोगो छनौट गरिएको जनाएको छ । लोगो डिजाइन प्रक्रियामा सफल हुनुहुने डिजाइनकर्तालाई हार्दिक बधाई तथा सहभागी सम्पूर्ण डिजाइनकर्ताहरुलाई गण्डकी गाउँपालिकाले हार्दिक धन्यवाद ज्ञापन समेत गरेका छन् ।
गाउँपालिकाले माघ ९ गते सुचना जारी गरेर छनौटमा परेका डिजाइनलाई पुरस्कृत गर्ने जनाएको थियो । गाउँपालिकाले छनौटमा पर्न सफल डिजाइन कर्तालाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।
इच्छाखबर संवाददाता












