कुरिनटार- ठुलोमात्रामा सरकारी लगानी रहेको सरकारी शैक्षिक संस्थाहरुले अभिभावकहरुको बिश्वास जित्ननसकेका कारण निजिविद्यालयहरुमा विद्यार्थी भरिएको आरोप लाग्दै गर्दा इच्छाकामनाको एक विद्यालयले भने अभिभावकको मन खिचेको पाइएको छ। सरकारी विद्यालयहरुमा गुणस्तरिय शिक्षा र प्रभावकारी शैक्षिक ब्यबस्थापन नहुदा निजि विद्यालयहरुमा आकर्षण बढ्दै गएको बर्तमान परिपेक्षमा इच्छाकामना ३ फिश्लिङ स्थित राष्ट्रिय आधारभूत विद्यालयले भने आफुले सम्पुर्ण ब्यबस्थापन र गुणस्तर निजि विद्यालयहरु सरह प्रभावकारी बनाएको र अंग्रेजी माध्यम समेत सुरुवात भै सकेको दाबी गरेको छ। एक देखि आठ कक्षा सम्म पढाइहुने उक्त बिद्यालयले आज सर्स्वती पुजाको दिन पारेर साना कक्षामा अक्षरारम्भ कार्यक्रम आयोजना गरेको थियो। आज सम्पन्न अक्षरारम्भ कार्यक्रममा १५ जना बालबालिका भर्ना भएको विद्यालयले जनाएको छ। आज भर्ना भएका विद्यार्थीहरुलाइ विद्यालयले निशुल्क पाठ्यसामग्री र स्कुल झोला समेत प्रदान गरिएको थियो। दक्ष र अनुभवी शिक्षक सहित साना कक्षा बाट अंग्रेजी माध्यम सुरुगरेको विद्यालयले साना कक्षाका विद्यार्थी लाई निशुल्क दिवा खाजाको समेत ब्यबस्थापन गरेको छ भने टाढाका विद्यार्थी हरु वसारपसार गर्न सर्वशुलभ खर्चमा गाडिको समेत ब्यबस्थापन गरेकोले स्वभाविक रुपमा अभिभावकहरुको मन जित्न सफल हुँदै गएको विद्यालयले जनाएको छ।