दाङ ,२३ कार्तिक । प्युठानमा फोर्स गाडी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । प्युठान नगरपालिका(५ पूर्णगाउँमा खैराबाट पूर्णगाउँ तर्फ जादै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।
प्युठान नगरपालिका-५ पातल कटेरी निवासी ५२ बर्षिया मैमा घर्ती, सोहि ठाउँ निवासी ४३ बर्षिया बच्चि थापा, ४६ बर्षिय खुमन थापाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन । घाइतेहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको छ । दुर्घटना राति २स्३० बजे भएको थियो । गाडी सडक देखि दुई सय मिटर तल खसेको छ ।
इच्छाखबर संवाददाता












