कुरिनटार : चितवन इच्छाकामनाका युवा अर्थशास्त्री तथा शिक्षाविद रामशरण त्रिपाठीले आगामी मंसिर ४ गते हुन गइरहेको चितवन क्षेत्र नम्बर २ क प्रदेशसभा सदस्य निर्वाचनमा आफुले जित्ने दाबी गर्नुभएको छ ।
पुराना राजनितिक दल र नेताहरुप्रति जनताको वितृष्णा बढेकाले जनताहरुले युवा तथता नयाँ अनुहारको खोजी गरेको बताउँदै त्रिपाठीले आफु त्यसका लागि योग्य भएकोले स्वतन्त्र राजनितिक शक्तिको तर्फबाट चुनाव जित्ने दाबी गर्नुभयो ।
अर्थशास्त्रमा एमफिल गर्नुभएका तथा विगत डेढ दशकदेखि शिक्षा क्षेत्रमा कृयाशिल रहनुभएका त्रिपाठीले आफुलाई ठूला दल भनी दाबी गर्ने पुराना दलहरुले आफुले नै किन्न लगाएको फुलकोा माला र अबिर लगाएर जात्रा जस्तै गर्दै आउने नेता भन्दा स्पष्ट सोच विचार र योजना सहित आउने व्यक्तिलाई कसैको लोभ लालच आश्वासन, धम्की तथा प्रलोभनमा नपरि निष्पक्ष रुपमा हाम्रालाई भन्दा राम्रालाई मतदान गर्नुहुन आम जनतालाई अनुरोध गर्नुभयो ।
यदी कुनै उम्मेद्वारले मतदातालाई प्रलोभनमा पार्न पैसा बाड्ने भोज गर्ने लगायत कृयाकलाप गरेको छ भने मतदाताले त्यस्ता उम्मेद्वारलाई सबै भन्दा कम मत आउने परिस्थिति सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।
सबै नेता व्यवस्थापक हुदैँनन् र सबै व्यवस्थापक नेता हुदैँनन् ,त्यसैले जो व्यक्तिमा व्यवस्थापक र नेताको दुबै गुण हुन्छ उसले नै समाजको नेतृत्व गर्दछ भन्ने धारण राख्ने त्रिपाठी इच्छाकामना कालिका र भरतपुर महानगरपालिकाको १, ३ र २९ नम्बरका वडाका जनताले आफुलाई आमा चिन्हमा मतदान गरि प्रदेश सभामा पठाउनुहुनेछ भन्न दृढ विश्वास गर्नुहुन्छ ।
प्रदेश सभा सदस्यको काम कर्तव्य र अधिकार पूर्णरुपमा आत्मसाथ गर्दै प्रचलित कानुनको अधिनमा रहि आफुले यो क्षेत्रको विकासमा लागी पर्ने बताउनुहुन्छ ।
भष्ट्रचारमा सुन्य सहनशिलता, शुसान,रोजगारी तथा उत्पादनमा बृद्धि र स्थानिय तहका जनताको न्यूनतम पुर्वाधार छाना, खाना, नाना तथा स्वास्थ्य शिक्षा सुरक्षाको लागि आफु निति निर्माणमा र कार्यन्वयनमा लाग्ने उहाँले बताउनुभयो ।
घरदैलो कार्यक्रमा समेत सुरु गरिसक्नुभएको त्रिपाठीले जनताले आफुलाई राम्रो प्रतिकृया दिएको बताउनुभयो । आगामी निर्वाचनमा आफुलै नै चुनाव जित्ने कुरामा विश्वस्त रहेको बताउनुभयो ।
इच्छाखबर संवाददाता












